वैशाख ४ गते २०८३ --:--:--
मेनु

प्रतिनिधि सभाको बैठक बस्दै, संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ ७:२१ AM
प्रतिनिधि सभाको बैठक बस्दै, संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?