वैशाख १५ गते २०८३ --:--:--
मेनु

काठमाडौँको गौशालाबाट लुटपाटमा संलग्न पाँच जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ १०:१९ PM
काठमाडौँको गौशालाबाट लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौंको गौशालाबाट वैदेशिक रोजगारबाट आएका व्यक्तिलाई लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौं महानगर- ९, गौशाला रुन्चेडाँडाको सार्वजनिक सडक बाटोबाट वैदेशिक रोजगारबाट आएका व्यक्तिसँगबाट ४५ हजार लुटेको आरोपमा काठमाडौंको दक्षिणकालीका ३२ बर्षिय राम बहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखरका ४० बर्षिय बिपिन लामा, महोत्तरीको बर्दिबासका ३८ बर्षिय बिनोद मगर, रामेछापको  सुनापातिका ३० बर्षिय राजु तामाङ र रामेछापको मन्थलीका ३० बर्षिय राजकुमार माझी पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?