रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर रिक्त रहेको रुपन्देही-३ को उपनिर्वाचन गर्ने मिति तय भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित सांसद दीपक बोहोराको गत चैत्र १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?