वैशाख १५ गते २०८३ --:--:--
मेनु

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२ ७:०७ PM
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका ४७ वर्षीय खड्ग बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रूपैयाँ जरीवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?