कुलिङ पिरियडको हेरफेर बारे छानबिन समिति गठन गर्न परामर्शमा सभामुख : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

कुलिङ पिरियडको हेरफेर बारे छानबिन समिति गठन गर्न परामर्शमा सभामुख

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ पिरियडमा गरिएको हेरफेर बारे छलफल शुरु गरेका छन् ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिले संसदीय छानबिन समिति बनाउन सिफारिस गरेपछि सभामुख घिमिरेले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन् । समिति सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका थिए ।

सभामुख घिमिरेले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेका थिए ।

नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन् । 

त्यस्तै संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि तोकेको सभामुखलाई जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?