वैशाख १५ गते २०८३ --:--:--
मेनु

विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२ ७:३४ PM
विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने

नवलपरासी । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको र बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आउने जानकारी दिएको हो ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?