डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । गैरकानुनी रुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष सूचनाको आधारमा ललितपुर महानगर-४ वालिफलस्थित दमकल चोकमा रहेको घरमा डेटिङ एप संचालन गरेको जनाएको छ ।

ब्युरोले सो को शाखा कार्यालयको काठमाडौँ महानगर-१३ चागलमा एक घर भाडामा लिएर  विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारि डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेको जानकारी दिएको छ । साथै निजहरुको साथबाट स्रोत नखुलेको  १३ लाख ९९ हजार ९५० नगद समेत बरामद भएको छ ।

ब्युरोले ५२ जना व्यक्तिहरु पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य ६ जना निम्न चिनियाँ नागरिकहरु उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भईरहेको जनाएको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?