हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जनामाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको तत्कालिन दुनै गाविसको वडा नम्बर २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालय निर्माणको नाममा ७ लाख ६० हजार रकम विनियोजन गरि अनियमितता गरेको आरोपमा जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मनिराम कुर्मि, डोल्पाको ठूलीभेरी नगरपालिका वडा- ४ बस्ने दुर्गा प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष संगिता बुढाविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले हुदै नभएको विद्यालयको नाममा सबै विवरण नक्कली बनाएर अनियमितता गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?