इङल्याण्डविरुद्धको टेस्टको पहिलो इनिंगमा भारत ५८७ रनमा अल आउट


काठमाडौँ । भारत इङल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा ५८७ रनमा अल आउट भएको छ । टेस्ट खेलको दोस्रो दिन भारत ५८७ रन बनाएर अल आउट भएको हो ।
भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक २६९ रन बनाएर आउट भएका थिए । गिलको टेस्ट क्रिकेटमा यो पहिलो दोहोरो शतक हो ।
त्यसैगरी भारतका लागि रविन्द्र जडेजाले ८९ रन बनाएका थिए भने यशस्वी जैसवालले ८७ रन र वाशिंगटन सुन्दरले ४२ र ऋषव पन्तले २५ रन बनाएका थिए ।
त्यसैगरी भारतका बलर शोयब बशीरले ३ विकेट लिए भने क्रिस वोक्स र जोस टंगले २-२ विकेट लिए । त्यसैगरी ब्राइडन कार्स, जो रुट र बेन स्टोक्सले एक एक विकेट लिए । अब इङल्याण्डले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गर्दैछ ।
५ खेलको टेस्ट सिरिजमा इङल्याण्डले पहिलो टेस्ट जितेर १-० ले अगाडी रहेको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%