स्रोत नखुलेको रकमसहित सप्तरीबाट एक जना पक्राउ


सप्तरी । सप्तरी, बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ र मोबाइल १ थान सहित सिराहा भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%