चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना गरेको छ ।

शुक्रबार चन्द्रागिरी हिल्समा अनुगमन गर्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ङ तथा ३९ को १ को ख अनुसार कारवाही गरेको जनाएको छ ।

बिभागले शुक्रबार ६ स्थानमा अनुगमन गरेकोमा र्यांस ट्रेडिङलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ भने अन्य चार कम्पनिलाई सामान्य निर्देशन दिएको जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?