इटालीको रोममा पेट्रोल पम्प र ग्यास डिपोमा विस्फोट, २१ जना घाइते : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

इटालीको रोममा पेट्रोल पम्प र ग्यास डिपोमा विस्फोट, २१ जना घाइते

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८२

काठमाडौँ । इटालीको राजधानी रोममा रहेको पेट्रोल पम्प र ग्यास डिपोमा ठूलो विस्फोट भएको छ । दुर्घटनामा २१ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

विस्फोटपछि आकाशमा आगोको मुस्लो देखिएको थियो । स्थानीय समय अनुसार बिहान ८ बजे भएको यो विस्फोटपछि घटनास्थलबाट ३०० मिटर टाढासम्म भग्नावशेष छरिएको थियो ।

युके मिररको रिपोर्ट अनुसार यहाँ एकपछि अर्को दुईवटा विस्फोट भएका थिए । पहिलो विस्फोट हुनुअघि ग्यासको गन्ध आएको थियो । त्यसपछि दोस्रो विस्फोट भयो र ठुलो आगोले आकाशमा ढाकिएको थियो ।

विस्फोटपछि मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो ।

प्रधानमन्त्री जर्जिया मेलोनीले रोमका मेयरसँग कुरा गरेको र घटनास्थल नजिकै एउटा विद्यालयमा रहेका १५ बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएकी छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?