अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जना पक्राउ : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार २१ गते २०८२

कैलाली, बर्दगोरिया गाउँपालिका-१ बौनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय रोहित सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दाता रानालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३३ प २९२ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय बलराम चौधरी र सोही उपमहानगरपालिका-१९ बस्ने ३२ वर्षीय अरविन्द्र भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय मिलिग्राम तथा भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९ सय ४० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० डेरा गरी बस्ने २६ वर्षीय प्रसन गिरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-३ कच्चुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ बस्ने २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट प्र.१-०१-००२ ह ७५४८ नम्बरको अटो रिक्सा र प्र.१-०३-००१ प ६२१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?