फागुन २ गते २०८२ --:--:--
मेनु

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२ ७:१५ AM
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्दैछ ।

आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन पेश हुने, महालेखा परिक्षकको बार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज औद्योगिक सम्पत्ति सम्बन्धि विधेयक-२०८२ तथा राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ पेश हुने कार्यसूची रहेको छ ।

साथै आजको बैठकमा कुलिङ पिरियडमा भएको हेरफेर छानबिन गर्न उच्चस्तरीय विशेष समिति गठन गर्ने सहमति बमोजिम सो समितिको घोषणा हुने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?