प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले बेलिब्रिजको उद्घाटन गरेसँगै नेपाली सेनाले ४० दिन लगाएर जडान गरेको बेलिब्रिज पुलले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

झन्डै तीन दशकको प्रयासपछि कर्णाली करिडोर यो पुल निर्माणपछि सिधा सञ्चालनमा आउनेछ । नेपाली सेनाले करिब साढे ६ करोडको लागतमा पुल निर्माण गरेको हो ।   

पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर-दक्षिण यातायातको ढोका खोलेको छ । हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसाथ कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमकोट सडक आयोजना सुरु भएको थियो । सडकको हुम्ला खण्डको दूरीमध्ये कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट सुरु गरी २०७८ सालमा सम्पन्न गरेर सडक विभागलाई जिम्मा लगाएको थियो । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?