नाला र भक्तपुर सडक फेरी अवरुद्ध : Mero Aarthik
कार्तिक २८ गते २०८२

नाला र भक्तपुर सडक फेरी अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२

बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अवरुद्ध भएको छ ।

सो सडक खण्डको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युम पाइप राखेर सडक खुलाइएको भएपनि गएराती आएको बाढीले ह्युम पाइपमाथि राखेको माटो बगाएर लागेपछि सडक अवरुद्ध भएको हो । 

यस अघि शनिबार बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सडक आइतबार ह्युम पाइप राखेर सुचारू गरिएको थियो ।  

यो सडक काठमाडौँ आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?