वैशाख १५ गते २०८३ --:--:--
मेनु

सडक अपडेट: देशका प्रमुख ९ सडकखण्ड अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२ १:१८ PM
सडक अपडेट: देशका प्रमुख ९ सडकखण्ड अवरुद्ध

काठमाडौँ । बर्षापछि पहिरोका कारण देशका प्रमुख ९ सडकखण्ड अवरुद्ध रहेका छन् ।संखुवासभाको खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग असार ६ गतेदेखि अवरुद्ध रहेको छ भने विपी राजमार्ग साउन १८ गतेसम्म रातिमा बन्द गरिएको छ ।

अवरुद्ध रहेका प्रमुख सडक खण्ड:

१- संखुवासभाको भोटखोला-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा  खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग  पूर्णरुपमा अबरोध भएको छ । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

२- विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडक हाल देशमा मनसुन सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागि असार २१ गतेदेखि साउन १८ गतेसम्म बेलुका १८:३० देखि  विहान ०५:०० बजेसम्म सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने आउने दुबै तर्फका सार्वजानिक तथा नीजि सवारी साधनलाई आवागमनमा रोक लगाईएको छ ।

३-  रुकुम पश्‍चिमको आठबिसकोट-६ रिजिगार खोलामा जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा-भेरी  करिडोर सडक खण्ड पूर्ण रुपमा अवरोध भएकोछ र पानीको वहाब घटे पश्‍चात् मात्र सडक सञ्चालन हुनेछ ।

४- ललितपुर र मकवानपुर जोड्ने  कान्ति लोकपथ सडक असार १० गते देखि अर्को सुचना नआएसम्मको लागि  बेलुका १९:०० बजेदेखी बिहान ०६:०० बजे सम्मको लागी  सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।

५- काठमाण्डौ:- फर्पिङ- कुलेखानी  सडक खण्डको फर्पिङबाट हात्तिगौँडा सम्मको सडक निर्माणको लागि असार १२ गतेदेखि २५ गतेसम्म बन्द रहने हुँदा उक्त मार्गमा चल्ने  सवारी साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको छ ।  

६. बाजुराको बडिमालिका-७ ढम्कने भासुपातल मार्तडी-कोल्टी कच्ची सडक पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ । असार १९ गते बडिमालिका-७ को ढम्कने भासुपातल मार्तडी-कोल्टी कच्ची सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको र सडक खुलाउने पहल भईरहेको प्रहरीले जनाएका छन् ।

७- जाजरकोटको छेडागाड-३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । असार २१ गते छेडागाड-३ को दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको छ ।

८- काभ्रेको बनेपा-४ उग्रचण्डी ग्यास प्रालि अगाडी बनेपा नाला र भक्तपुर सडकखण्ड अवरुद्ध भएको छ ।असार २२ गते बनेपा नाला र भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा राखिएको ह्युम पाईप खोलाको पानीको बहाबले ह्युम पाईपमाथि बिछ्याईएको माटो बगाई बाटो पूर्ण रुपमा अवरोध भएको,  सडक खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।

९- म्याग्दीको बेनी-४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्डमा सडक पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ । असार २३ गते म्याग्दीको बेनी-४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको र सडक खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?