वैशाख १५ गते २०८३ --:--:--
मेनु

‘कुलिङ पिरियड’ हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२ १:४५ PM
‘कुलिङ पिरियड’ हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेर बारे छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान राखेको छ । 

सोमबार जारी रहेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाले छानबिन समितिको नेतृत्व कांग्रेस दिन नहुने अडान राखेको हो ।

छानबिन समितिको नेतृत्व कांग्रेसबाट सह महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले असहमति जनाएको छ । 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्ता पक्षबाट परियारलाई नेतृत्व दिने प्रस्ताव आएकोमा आफूहरूले त्यसलाई नमान्ने स्पष्ट गर्दै सत्ता पक्षबाटै छानबिन समितिको नेतृत्व हुने भएमा आफुहरु समितिमा नबस्ने चेतावनी दिएका छन् ।

समितिमा सत्तारूढ कांग्रेस र एमालेका २-२ जना, प्रतिपक्षी दल माओवादी, रास्वपा र राप्रपाबाट १-१ जना सदस्य रहने गरि सय अघि नै सहमति भएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?