माघ ५ गते २०८२ --:--:--
मेनु

भोटेकोशी नदीमा बाढी: भन्सारमा राखेका गाडी बगायो, मितेरी पुलसहित ठुलो क्षति

मेरो आर्थिक मेरो आर्थिक असार २४ गते २०८२ ८:२३ AM
भोटेकोशी नदीमा बाढी: भन्सारमा राखेका गाडी बगायो, मितेरी पुलसहित ठुलो क्षति

रसुवा । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ ।

गएराती करिब ३: १५ बजे रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको हो । पुलमा पुगेको क्षतिका कारण अहिले आवत जावत बन्द भएको छ । 

त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहमा पसेको बाढीले केही मालबाहक कन्टेनर समेत बगाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। 

प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ- राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ । साथै, उद्धार  कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?