वैशाख १५ गते २०८३ --:--:--
मेनु

कैलालीको गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

मेरो आर्थिक मेरो आर्थिक असार २५ गते २०८२ ९:३८ PM
कैलालीको गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरुमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० बस्ने ६५ बर्षिय कल्लु सार्की, ६५ बर्षिया बिना सार्की र १२ बर्षिय योगेश सार्की, २५ बर्षिय दिपक सार्की तथा सोही जिल्लाको बेदकोट नगरपालिकाका ३५ बर्षिय बिर सार्की र २२ बर्षिय अर्जुन सार्की छन् ।

उनीहरु सोही ठाउँस्थित गोदावरी खोलामा आज दिउँसो श्राद्ध गर्न गएको वेला खोलामा पानीको बहाव बढेपछि फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नंं ७ बाहिनी मुख्यालय अत्तरीया कैलाली, नंं ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको सुरक्षा फौजले अन्य सुरक्षा निकायको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?