वैशाख ३ गते २०८३ --:--:--
मेनु

डडेल्धुराको साँदनी खोलाको टापुमा फसेका दुई जनाको सकुशल उद्धार

मेरो आर्थिक मेरो आर्थिक असार २५ गते २०८२ १०:३४ PM
डडेल्धुराको साँदनी खोलाको टापुमा फसेका दुई जनाको सकुशल उद्धार

डडेल्धुरा । डडेलधुराको परशुराम नगरपालिका–६ र ७ को सीमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरुमा सोही नगरपालिका ६ बस्ने १२ बर्षिया रितु भारती र २५ बर्षिया भुवनेश्वरी सिँह छन् ।

उनीहरु आज दिउँसो बाख्रा चराउन गएको बेला अविरल बर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापूमा फसेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?