सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशीको कोदारीस्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारी स्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण सडक पुरिएको र भासिएकाले हाल पुर्ण रुपमा पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै भोटेकोशी-२ दस किलोस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो आई पूर्णरुपमा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।













