वैशाख १५ गते २०८३ --:--:--
मेनु

स्रोत नखुलेको रकमसहित पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८२ ६:३९ PM
स्रोत नखुलेको रकमसहित पक्राउ

रौतहट । रौतहटको गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपैयाँ सहित सर्लाही रामनगर गाउँपालिका-२ बस्ने ३० वर्षीय चंदन पंडितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?