वैशाख १५ गते २०८३ --:--:--
मेनु

बाढीबाट प्रभावितको राहत र उद्धार गम्भीरतापुर्वक गर्न माओवादी केन्द्रको सरकारसँग माग

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८२ ७:०४ AM
बाढीबाट प्रभावितको राहत र उद्धार गम्भीरतापुर्वक गर्न माओवादी केन्द्रको सरकारसँग माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत र उद्धार गम्भीरतापुर्वक गर्न सरकारसँग माग गरेको छ ।

विहिबार बसेको पदाधिकारी बैठकले भोटेकोशीमा आएको बाढीमा राहत र उद्धारको काम गम्भीरतापुर्वक गर्न सरकारसँग माग गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । साथै देशका अन्य स्थानमा पनि बाढी पहिरो आएको र त्यसको राहत र उद्धार सरकारले समयमा गर्न ध्यानाकर्षण गराएको छ । 

त्यस्तै बैठकले माओवादी केन्द्रले साउन ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको सापकोटाले जानकारी दिए । 

बैठकमा पार्टीको आन्तरिक संगठनका विषयमा छलफल भएको उनले बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?