वैशाख १५ गते २०८३ --:--:--
मेनु

जीप दुर्घटना, १६ जना घाइते, एक जनाको अवस्था गम्भीर

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२ ७:०९ PM
जीप दुर्घटना, १६ जना घाइते, एक जनाको अवस्था गम्भीर

पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते गल्कोट नगरपालिका वडा नं ६ भुजुङका १७ वर्षीय प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ईलाका प्रहरी कार्यालय गलकोटका अनुसार बाँकी १५ जना घाइतेमध्ये चालकसहित सात जनाको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ भने आठ जना उपचारपछि घर फर्किएका छन् । 

गएराति करिब ११ बजे ताराखोलादेखि गल्कोट हटियातर्फ जाँदै गरेको ग१ज ७१८९ नम्बरको बोलेरो पिक अप जीप ताराखोला गाउँपालिका वडा नं ३ पिरेचामा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । जीप मोटरबाटोदेखि करिब ३० मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?