वैशाख १५ गते २०८३ --:--:--
मेनु

साउने सङ्क्रान्तिको शुभकामना दिदै प्रधानमन्त्री ओली भन्छन्- सबैका मनमा हरियाली छाओस्

मेरो आर्थिक मेरो आर्थिक श्रावण १ गते २०८२ १०:४२ AM
साउने सङ्क्रान्तिको शुभकामना दिदै प्रधानमन्त्री ओली भन्छन्- सबैका मनमा हरियाली छाओस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस् भन्ने कामना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस् भन्दै मनमा मेघजस्तो शीतलता भरियोस् भनेका छन् । 

उनले भनेका छन्- ‘आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने सङ्क्रान्तिको शुभकामना ।’

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?