माघ ५ गते २०८२ --:--:--
मेनु

पब्जी मोबाईल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने खेलाडीको बिदाई

मेरो आर्थिक मेरो आर्थिक श्रावण ५ गते २०८२ ८:२५ PM
पब्जी मोबाईल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने खेलाडीको बिदाई

काठमाडौँ । पब्जी मोबाईल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने नेपाली टिम होर ई स्पोर्ट्सको बिदाई गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका सदस्य एवं ई स्पोर्ट्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडी तथा अफिसियललाई एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

प्रतियोगिता साउदी अरबमा जुलाइ २३ देखि अगष्ट २५ तारिखसम्म हुनेछ । वर्ल्डकप खेल्ने खेलाडीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् । त्यस्तै व्यवस्थापक उमेश बुढथापा, अफिसियल सञ्जन गौतम र नवराम श्रेष्ठ रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?