वैशाख १५ गते २०८३ --:--:--
मेनु

सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सरुवा

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८२ ६:२० PM
सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

गृहमन्त्रालयले सोमबार विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानिएको छ ।

त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा बन्धु बास्तोलालाई पठाइएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि मन्त्रालयमा तानिएको छ । थापाले असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेपछि विवादमा परेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?