माघ २८ गते २०८२ --:--:--
मेनु

मुस्ताङको घाँसा-बेनी सडक खण्ड रातिमा बन्द हुने

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८२ १०:१३ PM
मुस्ताङको घाँसा-बेनी सडक खण्ड रातिमा बन्द हुने

पोखरा  । मुस्ताङको घाँसा-बेनी सडक खण्ड रातिमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मनसुन् जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले साउन २७ गतेदेखि घाँसा देखि बेनी जाने सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ५ बजे सम्मलाई अर्को सूचना नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताउदै यस समयमा सवारी साधन आवगमन बन्द रहने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?