वैशाख १५ गते २०८३ --:--:--
मेनु

तुईन पुल नजिकै पहिरो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक भाद्र १ गते २०८२ ६:३७ AM
तुईन पुल नजिकै पहिरो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

मुग्लिन । तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा मुग्लिन नारायणगढ सडक आवागमन दुईतर्फी अवरुद्ध भएको छ ।

आइतबार बिहान करिब ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो । 

अहिले पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । अबको केहि समयमा पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजनले जानकारी दिएको छ । साथै वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?