वैशाख १५ गते २०८३ --:--:--
मेनु

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

मेरो आर्थिक मेरो आर्थिक भाद्र १३ गते २०८२ ४:२० PM
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका-८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३५ वर्षीय बिक्रम कुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ काडाघारी बस्ने बैतडी पाटन नगरपालिका-६ घर भएका ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये अम्बिकालाई भक्तपुर नगरपालिका-१ सिर्जनानगरबाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, बिक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?