वैशाख १५ गते २०८३ --:--:--
मेनु

बालिकालाई ठक्कर दिने चौधरीलाई प्रहरीले छाड्ने तयारी

मेरो आर्थिक मेरो आर्थिक भाद्र २२ गते २०८२ १:१५ PM
बालिकालाई ठक्कर दिने चौधरीलाई प्रहरीले छाड्ने तयारी

कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाड्ने तयारी गरेको छ ।

मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । उनैले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना हिजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अहिलेसम्म कुनै उजुरी नआएकाले चालक चौधरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाड्न लागेको हो । ‘दुर्घटनापछि हिजै नियन्त्रणमा लिएका थियौं । अहिलेसम्म उजुरी आएको छैन । उपचारपछि डिस्चार्ज भएर शनिबार नै बालिका घर फर्किन, मिलापत्र समेत भएकाले सम्भवत आज चालकलाई छाड्छौं’, परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले भने ।

नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?