वैशाख १५ गते २०८३ --:--:--
मेनु

युवापुस्ताले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिए

मेरो आर्थिक मेरो आर्थिक भाद्र २३ गते २०८२ ५:५२ PM
युवापुस्ताले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिए

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् ।

सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।

आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?