विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।













