वैशाख १३ गते २०८३ --:--:--
मेनु

मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८२ ६:४९ AM
मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य शुरु भएको छ ।

पहिरो झर्ने क्रम अझसम्म पनि नरोकिएको जानकारी दिदै सडक डिभिजन कार्यालयले आइतबार बिहानैदेखि मुग्लिन साईडतर्फ र नारायणगढ तर्फबाट मेशिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुचारू भैसकेको जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?