वैशाख १३ गते २०८३ --:--:--
मेनु

मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी खुल्यो

मेरो आर्थिक मेरो आर्थिक असाेज ६ गते २०८२ ९:१२ PM
मुग्लिन नारायणगढ सडक खण्ड दुईतर्फी खुल्यो

चितवन । मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो ।

आज दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समय लागेको थियो ।

कार्यालयले सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?