वैशाख १३ गते २०८३ --:--:--
मेनु

राहदानीको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीसँग प्रधानमन्त्री कार्कीको छलफल

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १९ गते २०८२ ६:५४ AM
राहदानीको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले राहदानी वितरणको अवस्थाबारे जानकारी लिएको र नागरिकलाई राहदानी प्राप्तिमा कुनै समस्या नआओस् भन्नेमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।

मागअनुसार सहज र समयमै राहदानी वितरण सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको र छिट्टै प्रभावकारी समाधानका कदमहरू चालिने उनले बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन समेत दिएकी छन् । राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनको निर्देशन थियो ।

राहदानी छाप्ने कार्य अवरुद्ध हुदा राहदानी विभागले हाल एक हजार राहदानी मात्र वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?