वैशाख १३ गते २०८३ --:--:--
मेनु

प्रधानमन्त्री कार्कीको मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २१ गते २०८२ ९:०४ PM
प्रधानमन्त्री कार्कीको मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवालाई मतदाता नामावलीमा नाम दर्ता गरेर निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् । 

शुक्रबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने भन्दै विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताएकी हुन् । 

प्रधानमन्त्री कार्कीले भनिन्- ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।’

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?