जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
अब उप्रान्त अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन । केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ ।
पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने भएको छ । संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको जनाएको छ । संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाढी बढ्ने पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताइएका छन् ।













