एमालेको बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा कैलाश ढुंगेल विजयी


नेकपा एमाले बागमती प्रदेश अध्यक्ष पदमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका हुन् ।
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । जसमा कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्ष पदमा विजयी भएका छन् ।
उपाध्यक्ष पदमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । मतदानमा ११३५ मत खसेको थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%