वैशाख ११ गते २०८३ --:--:--
मेनु

एमालेको बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा कैलाश ढुंगेल विजयी

मेरो आर्थिक मेरो आर्थिक असाेज १३ गते २०८० ७:१७ AM
एमालेको बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा कैलाश ढुंगेल विजयी

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष पदमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका हुन् ।

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । जसमा कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्ष पदमा विजयी भएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । मतदानमा ११३५ मत खसेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?