Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

चितवन सुसाइड घटना : सुसाइड नोटमा शालिनकै अक्षर भएको पुष्टि

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २३ गते २०८०
चितवन सुसाइड घटना : सुसाइड नोटमा शालिनकै अक्षर  भएको पुष्टि

पछिल्लाे समय देशभरमा चितवनको शिशु निकेतन विद्यालयभित्र एक विद्यार्थी मृत भेटिएकाे विषयलाई लिएर चर्काे विवाद चलिरहेकाे छ ।  शालिन पोखरेलको मृत अवस्थामा भेटिएपछि परिवारजनले बलात्कार पछिकाे हत्या भएकाे बताउँदै आएको थियो । तर आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपाेर्टले भने बलात्कार नभएकाे पुष्टि गरेको थियाे। 

यो घटना फागुन १२ गतेको हो । उक्त दिन रत्नगर चितवन नगरपालिका–१० स्थित शिशु निकेतन विद्यालयकाे हाेस्टलमा १४ वर्षीय शालिनकाे शवसँगै एक सुसाइड नाेट भेटिएकाे थियाे । काेठामा मृत अवस्थामा भेटिएकी शालिन पोखरेलको सुसाइड नाेटमा उनकै अक्षर भएकाे पुष्टि भएकाे छ ।

विधि विज्ञान प्रयोगशालाले शालिनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर र घटनास्थलमा भेटिएको सुसाईड नोट ‘कमन अथर’ भएकाे पुष्टि गरेकाे हाे ।

यसअघि, मंगलबार दिउँसो पशुपति आर्यघाटमा शालिनका परिवारजनले उनकाे अन्त्येष्टि गरिसकेका छन् ।

Add a new comment