फागुन १२ गते २०८२ --:--:--
मेनु

नक्कली भुटानी शरणार्थी प्रकरणको रिट निवेदनमाथि आज सुनुवाइ हुदै

मेरो आर्थिक मेरो आर्थिक वैशाख १३ गते २०८१ १२:३५ PM
नक्कली भुटानी शरणार्थी प्रकरणको रिट निवेदनमाथि आज सुनुवाइ हुदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।

उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझी सहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् । उक्त रिट निवेदन रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारी सहितले दिएका हुन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको छ । उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?