मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक पौष २ गते २०८०

मौसम पुर्वानुमान महाशाखाका अनुसारआज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?