नेप्से २.८० अंकले घट्यो, कारोबारमा पनि गिरावट
मेरो आर्थिक
वैशाख ३ गते २०८०
समयः १२:०४ pm
२०८० सालको पहिलो कारोबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभरनै उतारचढाव देखिएको बजारमा २.८० अंकले गिरावट भएर १९३१.६८ अंकमा आएको छ ।
अधिकांश उपसूचकमा गिरावट आएपनि होटल तथा पर्यटन उपसूचक, बीमा उपसूचक, उत्पादनमूलक उपसूचक र हाइड्रोपावर उपसूचक सहित बैंकिङ उपसूचकमा वृद्धि देखिएको छ ।
आज ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।