नेप्से परिसूचकमा गिरावट : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

नेप्से परिसूचकमा गिरावट

मेरो आर्थिक मेरो आर्थिक वैशाख ४ गते २०८०

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७० अंक घटेको छ।

नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६७ स्टकको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?