जेठ २५ गते २०८३ --:--:--
मेनु

आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्काशन गर्ने

मेरो आर्थिक मेरो आर्थिक वैशाख १७ गते २०८० १२:२७ PM
आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्काशन गर्ने

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्प्नीले हकप्रद शेयरबापत प्राप्त ९६ करोड रुपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?