अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन म्याद थप : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन म्याद थप

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८०
SHARES
0

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आवेदन दिने समय थप गरेको छ । कम्पनीले शेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो।

भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदनको समय तोकिएको थियो । कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ ।

तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।