Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेप्से परिसूचकमा गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ८ गते २०८०
नेप्से परिसूचकमा गिरावट

आज सोमबार नेप्से परिसूचक ५.८९ अंक घटेर २००४.४५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।

Add a new comment