नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

मेरो आर्थिक मेरो आर्थिक असाेज १६ गते २०८०
SHARES
0

मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम पनि घटेर १ अर्ब १९ करोड ९१ हजार झरेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.३८ अंकले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.२३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ । साथै अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५४ प्रतिशतले घट्न पुगेको छ ।