Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

शेयर धितो कर्जाको सीमा बढ्यो, ब्यक्तिगत र संस्थागत सीमा फरक

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १९ गते २०८०
शेयर धितो कर्जाको सीमा बढ्यो, ब्यक्तिगत र संस्थागत सीमा फरक

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको छ । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सकिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई संसोधन गर्दै बढाइएको हो ।

यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

Add a new comment